दफा ४३२
विदेशीलाई अचल सम्पत्ति हस्तान्तरण गर्न नपाइने

(१) कसैले पनि नेपाल सरकारको पूर्व स्वीकृति नलिई कुनै विदेशीलाई अचल सम्पत्ति हस्तान्तरण गर्न पाउने छैन।तर गैर आवासीय नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिको हकमा प्रचलित कानून बमोजिम हुनेछ।
(२) उपदफा (१) विपरीत कसैले विदेशीलाई कुनै अचल सम्पत्ति हस्तान्तरण गरेमा सो सम्बन्धी लिखत स्वतः बदर भई त्यस्तोसम्पत्ति नेपाल सरकारको हुनेछ ।
(३) उपदफा (१) बमोजिम अचल सम्पत्ति प्राप्त गर्दा परेको साहूको थैली कपाली सरह हुनेछ ।